Logo
|
Wednesday 22nd September 2021
E-paper Magazine

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोनासंक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । विहिबार बेलुका मात्रै कोरोना पोजेटिभ पुष्टि भएको उनको रातीनै उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मुटुका विरामी समेत रहेका मृतक गत बुधबार अस्पताल भर्ना भएका थिए । स्रोतका अनुसार उनको शव व्यवस्थापन हुन सकेको छैन । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।
प्रतिक्रिया दिनुहोस्