Logo
|
Wednesday 24th April 2024
Logo

epaper

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार,  बाँके ।  बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाका गरी थप २८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।  आज संक्रमण पुष्टि हुनेहरुमा १० जना बर्दियाका, ५ जना दाङका र १३ जना रोल्पाका रहेका छन्।
अस्पतालका अनुसार गत २४ घण्टामा २५० जनाको नमूना संकलन गरी पीसीआर परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्