Logo
|
Saturday 27th April 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै २ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या १२ सय ५६ पुगेको छ ।

निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ७ जना, नवलपरसाी पूर्व गैडाकोटमा १८ जना रहेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडा र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्