Logo
|
Thursday 18th April 2024
Logo

epaper

बाराको देवताल गाउँपालिकामा वडाध्यक्ष सहित ४६ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ। बाराको देवताल गाउँपालिकामा वडाध्यक्ष सहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

गाउँपालिका अध्यक्षले आफ्नो मातहतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गराएका हुन् । ७४ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए। संक्रमित हुनेहरुमा देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका ३, सुवर्ण गाउँपालिकाका  ३ जना र अन्य ६ जना गरी ४६ जना रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्