Logo
|
Wednesday 8th May 2024
Logo

epaper

नेपाल नेत्र ज्योति संघद्धारा स्वास्थ्य मन्त्रालयलाई १०१ थान आइआर थर्मोमिटर हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नेत्र ज्योति संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सोमबार संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ७ लाख ७ हजार मूल्य बराबरको १०१ थान आइआर थर्मोमिटर हस्तान्तरण गर्नुभएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोगी हुने भन्दै स्वास्थ्य सामग्री सहयोग गरिएको संघले जनाएको छ । सो अवसरमा संघका कार्यक्रम निर्देशक शैलेश कुमार मिश्र लगायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्