Logo
|
Thursday 28th March 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा आज थप ९ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा थप नयाँ ९ जनामा कोरोना पुष्टि भएको हो । जसमा ३ जिल्ला म्याग्दी, स्याङ्जा र वागलुङका गरी ९ जना पुरुष रहेका छन् ।

संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार २० रहेको छ । हालसम्म गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्