Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोरोना भ्याक्सिन अपडेट: अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको खोप परीक्षण सफल



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको कोरोना भाइरसविरूद्धको खोप परीक्षण सफल भएको छ। उक्त खोपले कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधक क्षमता बढाउने सहयोग गर्ने जनाइएको छ ।

पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनामा उक्त खोप परीक्षण गरिएको थियो । सो खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको देखिएको छ । खोपको सफल परीक्षण भएसँगै वैज्ञानिकरुले सार्वजनिक प्रयोगमा ल्याउनुअघि बृहत स्तरको क्लिनिकल परीक्षण गरिने जनाएका छन् ।

कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक नतिजा आएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अक्सफोर्ड विश्वविद्यालय बधाई ज्ञापन गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्