Logo
|
Thursday 18th April 2024
Logo

epaper

नेपालमा पछिल्लो २४ घण्टामा १५० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १७, ९९४ पुग्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ६०९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । हाल २१ हजार ७०४ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ४७७ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ९६३ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख २३ हजार ८३५ पिसिआर परीक्षण भएको छ  । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्