Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

काठमाडौँमा ३ सहित थप १०० जनामा कोरोनासंक्रमण पुष्टि, संक्रमितहरुको सँख्या १८ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०० जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २०७ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६८४ पुगेको छ । हाल २० हजार ८४२ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार ३७० जना आइसोलेसनमा रहेका छन ।

पछिल्लो २४ घण्टामा ३ हजार ७७९ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख २७ हजार ६१४ पिसिआर परीक्षण भएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्