Logo
|
Thursday 25th April 2024
Logo

epaper

वीरगञ्जमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा बुधबार राति गरिएको परीक्षणमा ४ महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको हो । अधिकांश संक्रमितहरु विभिन्न अस्पतालका चिकित्सक र बिरामीहरु रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए ।

गत साउन ६ गते १ सय २८ वटा नमुना स्वाब सङ्कलन गरिएको थियो । उनीमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ। संक्रमण देखिएका मध्ये एक जना मृतक पुरुष पनि रहेको मेडिकल सुपरिटेन्डेन्ट डा उपाध्यायले जानकारी दिए ।

पर्सा माईस्थानका ७० वर्षीय पुरुषको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएपछि स्वाव संकलन गरेर परिक्षण गरिएको थियो । नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा गत साउन ६ गते मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्