Logo
|
Thursday 25th April 2024
Logo

epaper

भारतमा एकैदिन थपिए ४५ हजार कोरोना संक्रमित, ११ सय भन्दा बढिको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय २० जनाको मृत्यु भएको छ ।

भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि जुलाई १९ अर्थात साउन ४ गते ४० हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्लो समय हरेक दिन ३५ हजारदेखि ४५ हजारसम्म संक्रमित थपिदै आएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । दिनहुँ ५ देखि ६ सयको मृत्यु हुने गरिकोमा बुधबार एकै दिनमा १ हजार १ सय २० जनाको मृत्यु भएको छ ।

भारतमा यति ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो दोस्रो पटक हो । यसअघि जुन १६ अर्थात असार २ गते २ हजार ६ जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट भारतको महाराष्ट्र राज्य सबैभन्दा बढि प्रभावित भएको छ । जहाँ ३ लाख ३७ हजार ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १२ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ ।

यस्तै दोस्रो प्रभावित तमिलनाडुमा १ लाख ८६ हजार ४ सयभन्दा बढिमा संक्रमित भएका छन् भने ३ हजार १ सय ४४ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीमा १ लाख २६ हजार ३ सयमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ७ सय १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्