Logo
|
Thursday 25th April 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं।  गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश निर्देशनालयले बिहिबार विज्ञप्ति जारी गर्दै थप ५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ५० पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा म्याग्दीका २ जना, स्याङ्जाका १ जना र कास्कीका २ जना रहेका छन्।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या नै १ हजार ९१ पुगेकोछ । यसका साथै गण्डकी प्रदेशमा कोरोना परीक्षणका लागि हिजो मिति साउन ७ सम्म सबै नमुनाको परीक्षण भैसकेको परिक्षणका लागि संकलित कुनैपनि नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहिबार बिहानसम्म बाँकी नरहेको समेत निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्