Logo
|
Tuesday 19th January 2021
E-paper Magazine

नेपाल मेडिकल काउन्सिलबाट जारी हुने विभिन्न प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन मिल्ने



 

जनस्वास्थ्य सरोकार, काठमाडौं।  नेपाल मेडिकल काउन्सिलबाट जारी हुने विभिन्न प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन मिल्ने भएको छ ।
चिकित्सक तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै काउन्सिलबाट जारी हुने दर्ता प्रमाणपत्र, योग्यता प्रमाणपत्र (इलिजिबिलिटी सर्टिफिकेट), असल चारित्रिक प्रमाणपत्र (गुडस्ट्याण्डिङ सर्टिफिकेट), परिचयपत्र लगायतका प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन मार्फत आवेदन दिनसक्ने व्यवस्था मिलाइएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्