Logo
|
Friday 29th March 2024
Logo

epaper

बिहिबार थप १४७ जनामा कोरोना सँक्रमण पुष्टि, संक्रमितहरुको सँख्या १८,२४१ पुग्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १५६ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ । हाल २० हजार ९८ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार ३५८ जना आइसोलेसनमा रहेका छन ।

पछिल्लो २४ घण्टामा ३ हजार ४८१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख ३१ हजार ९५ पिसिआर परीक्षण भएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए ९ जना संक्रमित

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । संक्रमित हुनेमा काठमाडौंका ५ जना,ललितपुरका २ जना र भक्तपुरका २ जना रहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्