Logo
|
Sunday 22nd December 2024
Logo

epaper

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ध्यानाकर्षण

‘पर्याप्त तयारी बिना औषधिमा आत्मनिर्भरताको नारा सान्दर्भिक छैन’



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघले औषधि बजारीकरणमा लागेका श्रमिकहरुको उचित व्यवस्थापन र पर्याप्त तयारी बिना केही थान औषधिको हवाला दिँदै ‘आत्मनिर्भर छौं’ भन्नु अहिलेको अवस्थामा सान्दर्भिक नभएको भन्दै औषधि व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष अनिल दाहालले भन्नुभएको छ— ‘पर्याप्त तयारी, जनताले सहज मूल्यमा औषधि पाउने अवस्था, उत्पादकहरुलाई सहज वातावरण, औषधि बजारीकरणमा लागेका कम्पनिमा कार्यरत श्रमिहरुको उचित व्यवस्थापन र बिना तयारी केही थान औषधिको हवाला दिँदै आत्मनिर्भर छौं भन्नु अहिलेको अवस्थामा सान्दर्भिक देखिँदैन ।’

‘विदेशबाट कच्चा पदार्थ प्रविधि, प्राविधिक ल्याएर नेपालमा उत्पादन गर्दा पर्न आउने लागत, बजार मूल्य र जनसंख्याको आधारमा उत्पादित औषधि उत्पादनले तत्काल आत्मनिर्भरता केवल नाराको लागि जस्तो मात्र देखिन्छ ।’—अध्यक्ष दाहालले भन्नुभएको छ—‘सुक्ष्म अध्ययन र व्यापक तयारी बिना हामीहरु आत्मनिर्भर छौं भनेर आजको खुला बजारतन्त्रलाई संकुचित पार्ने, व्यक्तिले उत्पादनलाई छानेर उपभोग गर्ने नैसर्गिक अधिकार, स्वस्थ्य प्रतिस्पर्धामुलक व्यवसायलाई कुण्ठित पार्ने, साथै विश्वव्यापी औषधि बजारीकरणको मोडललाई ध्वस्त पार्ने जस्तो विषयलाई गम्भीर भएर सोच्न हामी आग्रह गर्दछौं ।’

अध्यक्ष दाहालले देश र समाजको अति जिम्मेवार र अभिन्न अंग भएको नाताले ‘हाम्रो देश सबै व्यवसायिक सेवामुलक क्षेत्रहरुमा आत्मनिर्भर हुनुर्दछ’ भन्ने आम अवधारणालाई सहर्ष स्वीकार गरी सोही अनुसार कार्य सम्पादन गरिरहेको जानकारी गराउनुभएको छ ।
हालै नेपालको औषधि उत्पादन र व्यवसाय क्षेत्रमा आत्मनिर्भरताको विषयले पाएको अत्यन्तै सकारात्मक र सराहनीय कार्य भएको भन्दै जनस्वास्थ्यसँग सम्बन्धित अति संवेदनशील विषयमा आत्मनिर्भरताको विषयमा छलफल हुनुपर्दछ र देशलाई त्यस दिशातर्फ लैजानु पर्दछ भन्ने आम जनचासोमा संघले समर्थन गरेको छ ।
संगठनमा आवद्ध सम्पूर्ण सदस्यहरुले यस देशको रोजगारीको अवस्था अर्थव्यवस्था माथि पुर्याएको योगदानलाई सुक्ष्म अध्ययन गरी रोजीरोटीको व्यवस्थापन, श्रमिकको भविष्य, उपभोक्ताको हीत, वैज्ञानिक प्रतिस्पर्धा जस्ता श्रम र बजारका सूचकांकहरुलाई ध्यानमा राख्दै यस्ता प्रकारका छलफलहरुमा संगठनलाई पनि उचित स्थान दिन अनुरोध गरिएको छ ।

‘कोभिड—१९ का कारण विदेशमा रोजगारी गुमाएर देशमा फर्किने नागरिकको संख्या उल्लेख्य रहँदा रहँदै त्यसमाथि पनि देशमै रहेर विषम परिस्थितिमा समेत अर्थव्यवस्थालाई चलायमान बनाउने पक्ष पनि रोजगारी बिमुख बन्नुपर्ने अवस्था सृजना हुने हुँदा यसले सरकार र राष्ट्रलाई नै थप चुनौति पैदा गराउने सुनिश्चित भएको ध्यानाकर्षण गराउँदै संघले भनेको छ —‘यी सबै परिस्थितिहरुलाई मनन गर्दै हाम्रा सदस्यहरुको रोजगारीको पूर्ण सुनिश्चिततालाई ध्यानमा राखेर मात्रै निर्णयको तहमा पुग्न संघ जोडदार माग गर्दछ ।’

यो संघ नेपालको विद्यमान प्रचलित संविधान ऐन कानुन अनुसार दर्ता भएको संगठन हो । यस संगठनले नेपालमा बैज्ञानिक औषधि बजारिकरणको क्षेत्रमा आधा शताव्दी भन्दा बढी समयदेखि अनवरत रुपमा कार्यरत रहेको छ । यस संघमा आवद्ध सम्पूर्ण हामीहरु देशको रोजगारीको अवस्था र अर्थ व्यवस्था सँग प्रत्यक्ष जोडिएको पनि स्मरण गराउन चाहन्छौं ।

नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले भन्नुभयो—‘सरकारले बिदेशबाट फिनिस फर्मुलेसन ल्याउन बन्द गरेमा , त्यस बाट रोजगारी गुमाउनु पर्ने बिदेशी कम्पनिमा कार्यरत स्वदेशी नागरिकलाइ नेपाली औषधि उत्पादक सङघ सङ्ग आबद्द कम्पनिहरुमा रोजगारी दिन हामी उत्पादक सङ्घ हाम्रा सदस्यहरुलाइ अपिल गर्द्छौ ।’

प्रतिक्रिया दिनुहोस्