Logo
|
Friday 29th March 2024
Logo

epaper

काम खोज्ने मजदूरको स्वाब सकंलन



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । जिल्लाको त्रिभुवन चोकमा दैनिक काम खोज्न जम्मा हुने मजदूरको कोरोना परीक्षणका लागि स्वाब सकंलन शुरु गरिएको छ । बिहीबारबाट स्वाब सकंलन शुरु गरिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए। कसौधन वैश्य समाज र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य कार्यालयले स्वाब सकंलन शुरु गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र समाजका अध्यक्ष नन्दलाल वैश्यलगायतको उपस्थितिमा स्वाब सकंलन गरिएको फोकलपर्सन श्रेष्ठको भनाई छ । मजदूरसँगै त्रिभुवन चोक आसपासका पसल र घरका सदस्यले समेत कोरोना परीक्षणका लागि स्वाब सकंलन गरिने बताइएको छ । उनका अनुसार, ३६५ जनाको नाम दर्ता गरेकोमा बिहीबार १३० जनाको स्वाब सङ्कलन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्