Logo
|
Thursday 28th March 2024
Logo

epaper

वीरगन्जमा कोरोनाबाट ८५ वर्षीया वृद्धाको मृत्यु



जनस्वास्थ्य सरोकार, वीरगन्ज । वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप एकजना वृद्धाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरकी संक्रमित ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको हो ।

वीरगन्जको गण्डकस्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्य भएको अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले पुष्टि गरेका छन् ।

मुटु रोगी ती वृद्धाको स्वास्थ्यमा समयस्या देखिएपछि ५ दिन पहिले वीरगन्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्टिलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलबार उनको स्वाब परीक्षणका लागि नारायणी अस्पतालको प्रोगशालामा पठाइएको थियो ।

प्रयोगशालाको परीक्षणमा गत बुधबार राती उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाइ बिहीबार  गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा ल्याइएको थियो। आइसोलेनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको डाक्टर सिंहले जानकारी दिए ।

‘मुटु रोगी वृद्धामा निमोनियाको पनि समस्या थियो, हामीले आइसोलेसनमा निमोनियाकै उपचार गरिरेहका थियौं, डाक्टर सिंहले भने, ‘उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो ।’

संक्रमित वृद्धाको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको नेपाली सेनाको चन्डी प्रसाद गणका कर्णेल मदनजंग राणाले जानकारी दिए  । शव व्यवस्थापनबारे छलफल भइरहेको छ।

वीरगन्जमै गत मङगलबार पनि कोरोना संक्रमित ७० वर्षीया एक वद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो । मङगलबार अपरान्ह मृत्यु भएपनि उनमा बुधबार राती मात्रै संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्