Logo
|
Friday 27th November 2020
NEWS PAPER

काठमाडौँका १० सहित थप १३३ जनामा कोरोनासँक्रमण पुष्टि, ७०.४६ प्रतिशत संक्रमित निको भए



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १०७ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ । हाल १९ हजार ४४४ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार ३८३ जना आइसोलेसनमा रहेका छन ।

पछिल्लो २४ घण्टामा ३ हजार ९८७ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख ३५ हजार ८२ पिसिआर परीक्षण भएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्