Logo
|
Tuesday 24th November 2020
NEWS PAPER

मुलुकमा १३,०५३ ले जिते कोभिड—१९



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । कोरोनाबाट आज थप एकजनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या १८, ४८३ पुगेको छ भने अहिलेसम्म ४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । साथै संक्रमितहरुमध्ये १३, ०५३ जनाले कोरोना जितिसकेका छन् । आज १०६ जनालाई कोरोनामुक्त भएकाले अस्पतालबाट घर पठाइएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार, संक्रमण पुष्टि भएका ५,३८५ जना आइसोलेसनमा रहेका छन् । कतिपय स्थानमा संक्रमितहरुलार्य होम आइसोलेसनकोसमेत अनुमित दिइएको छ । लक्षण नदेखिएका व्यक्तिहरुमा पनि पिसिआर परीक्षणमा कोरोना पाइएको जानकारी गराइएको छ । विगत २४ घण्टामा पीसीआर विधिबाट ४,०७५ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हाल मुलुकभर १८,१८३ व्यक्ति क्वारन्टीनमा रहेका छन् । मुलुकमा कोरोना पुष्टि भएका अधिकांश व्यक्ति बाहिरबाट क्वारन्टीनमा बसेका व्यक्तिसँगको संसर्गबाट भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्