Logo
|
Friday 29th March 2024
Logo

epaper

सुदूरपश्चिम प्रदेशमा आइतबार थप १७ जनामा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको  प्रयोगशालामा भएको परीक्षणमा ३ महिला र  १४ पुरुषसहित १७ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरु बाजुराका ३ जना र अछामका १४ जना रहेका छन् ।  बाजुराको खप्तड, छेडेदह -१ का २ महिला र वडा नम्बर ६ का एक पुरुष गरी ३ जना संक्रमित भएका छन् ।  त्यस्तै अछामको पन्चदेओल विनायकका एक महिलासहित १३ पुरुष संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्