माक्स नलगाई हिड्नेलाई कडा कारबाही गर्न गृह मन्त्रालयले दियो पुनः निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुन: निर्देशन दिएको छ। लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरणहरु मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई कारबाही गर्न निर्देशन दिइएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो -‘रोगको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नलगाइ बाहिर निस्किन थालेका छन्। मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मास्कको नियममा कडाइ गर्न फेरि निर्देशन दिएको हो । अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिनेछ।’