Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

काठमाडौँका ८ सहित थप १३० जनामा कोरोनासँक्रमण पुष्टि, संक्रमितहरुको सँख्या १८६१३ पुग्यो



 

जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ७५जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार १२८ पुगेको छ । हाल १७ हजार ९०३ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार ४४० जना आइसोलेसनमा रहेका छन ।
हालसम्म ३ लाख ४२ हजार ४५७ पिसिआर परीक्षण भएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्