Logo
|
Wednesday 24th April 2024
Logo

epaper

विराट नर्सिङ होमका चार जना स्टाफ नर्सलाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  विराटनगरको विराट नर्सिङ होमका चार जना स्टाफ नर्सलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनीहरुमा आइतबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन्। यससँगै नर्सिङ होममा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

थप कोरोना संक्रमित नर्सहरु विराटनगर ५ र १० नम्बर वडाका रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताएका छन् । ५८ जनामा कोरोना परिक्षण गरिएकोमा ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्