Logo
|
Thursday 25th April 2024
Logo

epaper

मनिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, पोखरा । मनिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा सोमबार कोरोना पुष्टि भएको छ । मनिपाल कलेजमा एमडी पहिलो वर्षमा उनी मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन् । सामान्य ज्वरो आएकाले स्वाब लिएर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका गर्दा उनमा कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी रिपोर्ट नआउँदासम्मै बिरामी परीक्षण गरिरहेको मनिपाल उच्च स्रोतले जानकारी दिएको छ ।

उच्च सतर्कताका बीच काम गरिरहेका उनको शरीरमा भाइरस कहिले प्रवेश गर्‍यो भन्नेमा अस्पताल प्रशासनले खोजी सुरु गरेको छ । उनी कति दिनदेखि संक्रमित थिए र कति बिरामी परीक्षण गरे भन्ने अन्योल कायमै छ ।

उनलाई अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ । मनिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र ती चिकित्सकको सम्पर्कमा आएकालाई निगरानीमा राख्ने प्रयास भैरहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्