Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा थप १३९ जनामा कोरोनासँक्रमण पुष्टि, संक्रमितहरुको सँख्या १८७५२ पुग्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।

हाल १६ हजार ३७९ जना क्वारेन्टाइनमा रहेका छन भने ४ हजार ९२० जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा ३ हजार ३ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्