Logo
|
Monday 19th April 2021
E-paper Magazine

उपत्यकामा १७२ सहित देशभर थपिए ६४१ कोरोना संक्रमित, थप २ जनाको मृत्यु, १३४ निको भए



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये काठमाडौँका १२६ जना र ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १३४ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । हाल १५ हजार २४३ जना क्वारेन्टाइनमा रहेका छन भने ७ हजार ९१३ जना आइसोलेसनमा रहेका छन ।

वितेको २४ घण्टामा १२ हजार २४७ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्