Logo
|
Thursday 25th April 2024
Logo

epaper

सरकारले कोभिड -१९ को उपचार गरिरहेका अस्पताललाई अनुदान दिँदै, २ दिन भित्र विवरण बुझाउनु पर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीको उपचार गरिरहेका अस्पतालहरुलाई अनुदान दिने निर्णय गरेको छ ।
मन्त्रालयले आइतबार  विज्ञप्ति निकाल्दै कोभिड-१९ को बिरामीको उपचार गर्ने अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धि आदेश २०७७ बमोजिम संक्रमित एवं शंकास्पद व्यक्तिको उपचार गर्ने सबै अस्पताललाई अनुदान दिने जनाएको छ ।

उपचारबापत अनुदान दाबी गर्न दुई दिनभित्र विवरण बुझाउन मन्त्रालयले भनेको छ । तोकिएको समयभित्र विवरण नबुझाउने अस्पतालको हकमा कुनै कठिनाइ भएमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्