Logo
|
Friday 19th April 2024
Logo

epaper

नर्स तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल नर्सिङ संघको माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ संघले नर्स तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभुति दिलाउन सम्बन्धित निकायसंग माग गरेको छ। बुधबार विज्ञप्ति निकाल्दै संघले नर्स तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग गरेको हो।

कोभिड- १९ उपचार तथा रोकथाममा अग्रपंक्तिमा रहि निरन्तर सेवा दिने नर्स र स्वास्थ्यकर्मी माथि कार्य क्षेत्र वा बसोवास गर्न स्थानमा समाजका केहि अमानविय कार्य र दुर्व्यवहार जस्ता घटना घट्दै गएको भन्दै संघले भत्सर्ना गरेको छ।

संघले कोरोना संक्रमित सम्पुर्ण नर्स, स्वास्थ्यकर्मी तथा आम नागरिकलाई शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्