Logo
|
Friday 19th April 2024
Logo

epaper

मुलुकमा कोभिडले ज्यान लिने क्रम तीब्र, एकैदिन ११ जनाको गयो ज्यान, मृतकको संख्या १७५ पुग्यो



जनस्वास्थ्य सरोकार,काठमाडौँ । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार औपचारिक रुपमा पुष्टि गरेको हो । मृतकमा २ जना महिला र ९ पुरुष रहेका छन् ।

मृत्यु हुनेहरुमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय २ पुरुष, रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्