प्रयोगशाला परीक्षणका लागि भेरि अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता
निजी प्रयोगशालामा बिरामीले ठुलो आर्थिक भार खेप्नु नपर्ने जिकिर
नेपाल हेल्थ न्युज, नेपालगञ्ज । नेपालगञ्जको भेरि अस्पताल र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबीच मानव सङ्कलित नमूनाको प्रयोगशाला परीक्षणका लागि सम्झौता भएको छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । भेरी अस्पतालमा सबै नमूनाको परीक्षण सेवा नभएकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग परीक्षणका लागि सहकार्य गरिएको बताइएको छ । साथै भेरी अस्पतालमा परीक्षण सम्भव नभएका नमुना निजी प्रयोगशालामा गर्दा बिरामीले ठुलो आर्थिक भार खेप्नु परेकोले सम्झौता गरिएको हो ।
स्याम्पलहरू भेरीमा सङ्कलन गरेर टेकु काठमाडौँ पठाउन चुनौती भए पनि त्यसको व्यवस्थापनका लागि हुलाक कार्यालय र एअरपोर्टसँग समन्वय भइरहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।