Logo
|
Friday 29th March 2024
Logo

epaper

एकैदिन ११ सय भन्दा बढिमा कोरोना पुष्टि, ८ जनाको मृत्यु, ५६९ निको भए



नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ६२९ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।  ।देशभरमा गरी पछिल्लो २४ घण्टामा ५६९ जना निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा २० हजार ७३ पुगेको छ ।

देशभर हाल १५ हजार २७३ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ९ हजार ४८८ जना रहेका छन् । प्रा. डा. गौतमका अनुसार कोरोनासंक्रमणका काराण थप ८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज एकै दिन थपिए ३७७ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्