Logo
|
Thursday 18th April 2024
Logo

epaper

रुसले एक महिनाभित्र अर्कोपनि भ्याक्सिन ल्याउने



नेपाल हेल्थ न्युज, काठमाडौँ । रुसले एक महिनाभित्र कोरोना भाइरसविरुद्धको दोस्रो भ्याक्सिन पनि ल्याउने भएको छ । भ्याक्सिन रुसको स्टेट रिसर्च सेन्टर अफ भिरोलोजी एन्ड बायोटेक्नोलोजी भेक्टोरले विकास गरेको हो ।

रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको पहिलो ब्याच अक्टोबरको अन्त या नोभेम्बरको शुरुमै आउनेछ । भ्याक्सिन अक्टोबरमा दर्ता हुनेछ । त्यसपछि तेस्रो चरणको परीक्षण शुरु गरिनेछ ।

दर्ता भएलगत्तै पहिलो ब्याचको भ्याक्सिन उपलब्ध गराइनेछ । भ्याक्सिन दोस्रो चरणमा एक सय स्वयंसेवीमाथि परीक्षण भएको छ । उनीहरु २३ दिन अस्पताल बसेर फर्किएका छन् । सबैमा एन्डिबडी विकास भएको र छ जनामा मात्र साइडएफेक्ट देखिएको थियो ।

उनीहरुले पाखुरामा केही पीडा भएको बताएका थिए । यसअघि रुसको गेमिलियाले भ्याक्सिन दर्ता गरी उत्पादन शुरु गरिसकेको छ । यसै हप्ताबाट भ्याक्सिन लगाउन थालिने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्