Logo
|
Wednesday 24th April 2024
Logo

epaper

भरतपुरको पुष्पाञ्जली अस्पतालको भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको निधन



नेपाल हेल्थ न्युज, चितवन । भरतपुरको निजी अस्पताल पुष्पाञ्जली अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ । पुष्पाञ्जलीमा भदौ ५ गतेदेखि उपचार गराइरहेका भरतपुर–२ क्षेत्रपुरका कोरोना संक्रमण देखिएका ५१ वर्षीय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले बताए ।

उनलाई फोक्सो र दमको समस्या थियो । अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार गरे पनि जोगाउन नसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्