Logo
|
Thursday 25th April 2024
Logo

epaper

छाउनी अस्पतालमा कार्यरत चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाली सेनाको छाउनी अस्पतालमा कार्यरत चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण देखिएको छ । चिकित्सकसहित कार्यरत सैनिक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरेर निसंक्रमण गरी संचालनमा ल्याइएको छ ।

सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले बिहीबार नौजनामा संक्रमण देखिएपछि केही समय अस्पताल सिल गरेर निसंक्रमण गरी पुनः संचालनमा ल्याइएको बताए ।अहिलेसम्म देशभर सेनाका २३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ३ जेठ यता नेपाली सेनाका चार सय तीनजना संक्रमित भएको पौडेलले जानकारी दिए ।

त्यसमध्ये एक सय १६ जना निको भइसकेको र दुई सय ८७ जनाको उपचार जारी छ । पौडेलले संक्रमित अवस्थामा रहेका सबैको स्वास्थ्य सामान्य रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्