Logo
|
Saturday 20th April 2024
Logo

epaper

पोखरामा कोरोना संक्रमणका कारण थप एकको मृत्यु, गण्डकीमा मृतकको संख्या १० पुग्यो



 नेपाल हेल्थ न्युज, पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित एकजना बिरामीको शुक्रबार मृत्यु भएको छ । पोखरा १६ लामाचौरका ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

उक्त अस्पतालमा ती बिरामी शुक्रबारै भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल गएका थिए । क्षेत्रीय अस्पताल आउनुअघि उनी अर्कै निजी अस्पतालमा २ दिन उपचार गराएका थिए । निजी अस्पतालले रेफर गरेपछि क्षेत्रीय अस्पताल गएका हुन्।

ती बिरामीमा कोरोना पुष्टि शुक्रबारमात्रै भएको हो । क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित मृत्यु भएकाको संख्या ६ पुगेको छ । पोखराका मात्रै ४ जनाको मृत्यु भइसकेको छ । यसअघि स्याङ्जाका २ जनाको पनि यहाँ मृत्यु भएको थियो । बिहीबार यही अस्पतालमा ३२ वर्षीया महिलाको पनि मृत्यु भएको थियो । पोखरामा अहिलेसम्म २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १७४ जना निको भएका छन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ३६ पुगेको छ। अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्