Logo
|
Friday 29th March 2024
Logo

epaper

शुक्रबार थप ९२७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ हजार नाघ्यो



नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ३६ हजार ४१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १० हजार २२९ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।  देशभरमा गरी पछिल्लो २४ घण्टामा १६९ जना निको भएर घर फर्किएका छन । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या जम्मा २० हजार २४२ पुगेको छ ।

देशभर हाल १६ हजार १९ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्वारेन्टिनहरुमा हाल ८ हजार ९४९ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्