Logo
|
Thursday 25th April 2024
Logo

epaper

उपत्यकामा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सञ्चालन



नेपाल हेल्थ न्युज, काठमाडौँ  । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहजताका लागि आजदेखि  निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (सान) को संयुक्त सहकार्यमा निःशुल्क बससेवा सञ्चालन गरिएको हो ।

सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधक नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बससेवा सुरु गरिएको नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बस विहान ६:३० बजेदेखि ८:३० बजेसम्म र साँझ ५ बजेदेखि ७:३० बजेसम्म चल्नेछ ।

बाँसबारीबाट सुरु हुने वस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्