Logo
|
Thursday 26th December 2024
Logo

epaper

अब ४ हजार ४०० मै कोरोना परीक्षण



नेपाल हेल्थ न्युज, काठमाडौँ । अब नेपालमा कोरोना परीक्षण ४ हजार ४ सय रुपैयाँमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्र लिन पाउने निर्णय गरेको हो ।

मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने छन् । उहाँले भन्नुभयो-‘सबै शुल्क जोडेर अधिकतम ४४०० सय रुपैयाँ हो । त्यो भन्दा बढी एक रुपैयाँ पनि लिन पाइँदैन।’

यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्