स्वास्थ्य सचिव डा. रोशन पोख्रेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहको विदाई
नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंह विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पुरा गरी आज विदाई हुनुभएको छ ।

१२ फागुन २०७६ मा बसेको मन्त्रिपरिषद् बैठकले डा पोखरेल, डा सिंहलाई विशिष्ठ श्रेणीको प्रमुख विशेषज्ञ पदमा बढुवा गर्ने निर्णय गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदिप पौडेल, सचिव हरिप्रसाद मैनालीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । डा.पोखरेल २०७८ साउन ४ गते सचिवमा नियुक्त हुनुभएको थियो । यसैगरी प्रमुख विशेषज्ञ डा सिंहलाई अतिरिक्त सचिवबाट बिदाईहुनुभएको हो ।