Logo
|
Friday 29th March 2024
Logo

epaper

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु



नेपाल हेल्थ न्युज , रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।

यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उनको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्