Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोनासंक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको निधन



नेपाल हेल्थ न्युज , काठमाडौँ । कोरोनाबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको निधन भएको छ । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले  जानकारी दिए । उनले भने, ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्नुहुन्थ्यो ।’

महोत्तरीकै निजी स्वास्थ्य संस्थामा काम गरिरहेका उनी भदौ ७ गते बिरामी भएका थिए ।  स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको हो । मृत्यु भएपछि ललितपुरस्थित बयोधा हस्पिटलमा ल्याई  स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे आधिकारिक जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्