Logo
|
Friday 29th March 2024
Logo

epaper

थप ८९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९ हजार नाघ्यो



नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ११ हजार १२१ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । देशभरमा गरी पछिल्लो २४ घण्टामा ५८८ जना निको भएर घर फर्किएका छन । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या जम्मा २१ हजार ४१० पुगेको छ ।

देशभर हाल १७ हजार ८२२ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्वारेन्टिनहरुमा हाल ७ हजार ३२७ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्