Logo
|
Thursday 25th April 2024
Logo

epaper

सिरहामा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु



नेपाल हेल्थ न्युज, सिरहा । सिरहामा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मिर्चैया नगरपालिका–६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ १० मा उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा सोमबार राति करिब साढे ९ बजे ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

भदौ ९ गते संक्रमण पुष्टि भएका उनलाई स्वाशप्रस्वाशमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए । यो सहित सिरहामा करोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्