Logo
|
Thursday 25th April 2024
Logo

epaper

भीम अस्पतालमा नवलपरासी पश्चिमकी कोरोना सङ्क्रमित महिलाको मृत्यु



नेपाल हेल्थ न्युज, भैरहवा। भैरहवाको भीम अस्पतालमा एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार सघन उपचार कक्षमा उपचाररत ६५ वर्षीया महिलाको मङ्गलबार राति ९ः४५ बजे मृत्यु भएको हो ।
नवलपरासी पश्चिम, रामग्राम–५ की ती महिलालाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएको थियो ।

खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो । श्वासप्रश्वासमा समस्या आएर उहाँको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुमित प्रजापतिले बताउनुभयो ।
भीम अस्पतालमा अहिले चार जना आईसीयूमा र १७ जना आइसोलेसनमा गरी २१ सङ्क्रमित उपचाररत रहेको फोकल पर्सन डा. प्रजापतिले बताउनुभयो । यसअघि उक्त अस्पतालमा गैडहवा–३ का ५० वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्