Logo
|
Thursday 28th March 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु



नेपाल हेल्थ न्युज, काठमाडौँ । कोरोना सङ्क्रमणका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जनाको मृत्यु भएको छ । ती कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका काेराेना फाेकल पर्सन डा. सन्त दासले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
बीस वर्षीया एक महिला र ७५ वर्षीय जना पुरुष सङ्क्रमितको मृत्यु भएको हो । जसमध्ये ७५ वर्षीय पुरुषमा मधुमेह रोग र २० वर्षीया महिलामा मिर्गौलाको समस्या भएको डा. दासले जानकारी दिनुभयो । पुरुष मङ्गलबार अस्पतालमा भर्ना हुनुभएको थियो भने महिला साेमबार भर्ना भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्