Logo
|
Sunday 23rd February 2025
Logo

epaper

कोभिड-१९ ले आमा बितेको चार दिनपछि छोराको पनि मृत्यु



नेपाल हेल्थ न्युज, भक्तपुर। मध्यपुर थिमि नगरपालिका-७ नगदेशका कोरोना संक्रमित ४० वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ २ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ।

दमकव समस्या रहेको उनकी आमाको पनि चार दिनअघि अर्थात भदौ १३ गते कोरोनाको कारण पाटन अस्पतालमा मृत्यु भएको थियो। तर छोरामा भने कुनै रोगको समस्या नभएको बताइएको छ। मृतककी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्