Logo
|
Friday 26th April 2024
Logo

epaper

थप ११२० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१ हजार नाघ्यो




नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा २६७ जना निको भएर घर फर्किएका छन । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या जम्मा २३ हजार २९० पुगेको छ ।

देशभर हाल १८ हजार १०८ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ६ हजार ७६६ जना रहेका छन ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । यो संख्या मृत्युहुनेहरुको संख्या २५१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्