Logo
|
Friday 19th April 2024
Logo

epaper

बारा, पर्सा र रौतहटमा ११० जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौं । पर्सा, बारा र रौतहट गरि १ सय १० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।  नारायणी अस्पताल वीरगन्जमा गरिएको परिक्षणमा यी संक्रमित थपिएका हुन् । ५ सय ७६ जनाको कोरोना परीक्षण गर्दा एक सयभन्दा धेरैको पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यीमध्ये ६९ जना पर्साका, २४ जना बाराका र १७ जना रौतहटका रहेका छन् । संक्रमित हुनेमा डेढ वर्षका बच्चादेखि ८० वर्षका वृद्धसम्म रहेका छन् । योसँगै पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्