Logo
|
Friday 19th April 2024
Logo

epaper

प्यूठानका एक कोरोना संक्रमितको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  रुपन्देहीको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।  प्यूठानको स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको बुधबार राति ९ बजेर १० मिनेट जाँदा मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। उनी लिभरको समस्या भएर भदौ १० गते अस्पताल भर्ना भएको र भदौ १६ गते कोरोना पुष्टि भएपछि आइसोलनेशनमा राखेर उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्