Logo
|
Thursday 28th March 2024
Logo

epaper

गण्डकी प्रदेश सभाका १ जना सदस्यलाई कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेश सभाका १ जना सदस्यलाई कोरोना पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब संकलन गरिएकोमा क्षेत्रिय रोग परिक्षण केन्द्रमा गरिएको परिक्षणमा उहाँलाइ कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनु भएको छ ।
केही समय अघि प्रहरीसंगका् सम्पर्कमा रहेका उहाँले प्रहरीमा कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङ परेका सांसदमा कोरोना पुष्टि भएको हो ।
उहाँ अहिले पोखरास्थित आफ्नै डेरामा हुनुहुन्छ । उहाँले बुधबार सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेटनु भएको थियो । मुख्यमन्त्रीसँग भेट गर्न जानु भएकोमा व्यस्तताका कारण समय मिलेको थिएन् ।
प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले संक्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्